विदेशीको इसारामा चलेको भन्नेलाई रविको जवाफ

Nepal Cover
२ कार्तिक २०८०, बिहीबार
image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूलाई विदेशीको इसारामा चलेको भन्नेहरूलाई आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

काठमाडौं २ को क्षेत्रीय भेला तथा शुभकामना आदानप्रदान कार्यक्रमममा उनले आफूहरूलाई आरोप लगाउनेहरूसँग खुला बहस गर्न तयार रहेको बताए ।

उनले भने, ‘मैले बारम्बार भनेको छु, आउनुस् कहाँ बहस गर्ने ? हामी तयार छौं । तर, भन्दिएको भरमा फलना युरोपियनले चलाएको, इन्डियनले चलाको रे, अमेरिकनले चलाएको रे भन्दिएको भरमा हुन्छ । आफ्नो पार्टी कार्यालयमा विदेशी नेताको फोटो र तस्वीर टाँसेर, आफ्नो दलको नाम विदेशी नाममा राखेर, नेपाली माटोमा नेपाली जनताले माया गरेर हुर्काएका, नेपाली जनताबाहेक कसैको चन्दा, कसैको जुठोपिरो नखाने बाचा गरेर हिँडेको पार्टी विदेशीको इसारामा होइन, कसैको इसारामा चल्दैन, कसैको जुठो खाँदैन ।’