नुवाकोटको बुधसिंङमा बस र मोटरसाइकल ठोकिँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते

  Sampatti News Online

October 27, 2023

जिल्लाको बेलकोटगढी नगरपालिका ७ बुधसिंङघाटमा बस र मोटरसाइकल एकआपसमा ठोक्किएर गम्भीर दुर्घटना भएको छ ।

बा ४ ख ५७९३ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको बा प्र ०३ ००४ प ९२१५ नम्बरको मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकलमा सवार स्थानीय बेलकोटगढी ७ महादेवफाटकी वर्ष ५० की सावित्री अधिकारीको मृत्यु भएको हो ।

त्यस्तै मृतकका छोरा वर्ष २३ का अर्जुन अधिकारीलाई उपचारार्थ काठमाडौको ग्राण्डी अन्तरास्ट्रिय अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रकाशित मिति:October 27, 2023