यूएईले टस जित्यो, नेपालले बलिङ गर्दै

  Sampatti News Online

November 3, 2023

काठमाडौं । टी- २० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । टस जितेर यूएईले पहिले ब्याटिङ राेजेकाे  छ । खेल केहीबेरमा  मुलपानी किक्रेट मैदानमा हुँदैछ ।

नेपाल समूह एको उप-विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो।

बिहीबार भएको खेलमा यूएईले हङकङलाई २२ रनले पराजित गर्‍यो। यसअघि नेपालले लगातार खेल जित्दै ओमानसँग भिड्नुअगावै सेमिफाइनल यात्रा पक्का गरेको थियो। घरेलु मैदानमा जारी टी-२० विश्वकपको छनोटमा नेपालले युएईलाई हराउन सके विश्वकप पुग्ने छ । यो खेलको विजेता विश्वकपमा छनोट हुने छ

प्रकाशित मिति:November 3, 2023