मन्त्री भट्टलाई धम्कि, ‘एमसीसी समर्थन गरे टाउको काटिन्छ’

  Sampatti News

July 30, 2020

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई समर्थन गरे आफ्नो टाउको काटिदिने भन्दै फोन आएको बताएका छन्।

बिहीबारको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै भट्टले भने‚ ‘अस्ति बझाङबाट एउटा फोन आयो। एमसिसीको बारेमा। ‘तैंले यो समर्थन गरिस् भने तेरो टाउको काटिन्छ’ शब्दै यही थियो।
मन्त्रीले फोनकर्तालाई एपसीसीको बारेमा सोधेको र उताबाट धम्कीको रुपमा प्रतिउत्तर आएको बताए उनले भने ‘मैले ‘भाइ तपाईंले पढ्नुभएको छ यो ?’भनेँ

‘किन पढ्नुपर्‍यो? पास नगर्ने भनेपछि नगर्ने। पढ्ने तेरो जिम्मा हो ’फोनकर्ताको जवाफ पनि उनले सुनाए।

भट्टले यसर पढ्दै नपढी बहकिनेतिर जाने प्रवृत्ति रहेको राम्रोे नभएको बताए। ‘हाम्रो प्रवृत्ति त्योभित्र के छ भन्ने कुरा नहेरी‚ नबुझी सुनी सुनाइको कुरामा गइरहेका छौं’ उनले भने। तर फोन कसको हो भन्ने बारे भने भट्टले केही खुलाएनन्।

प्रकाशित मिति:July 30, 2020