काठमाडौँ। दरबारमार्ग वृतका डीएसपी रन्जन दाहाललाई सो वृतबाट हटाई प्रहरी प्रशिक्षण (एकेडेमी) पठाईएको छ।
कमलादीमा ५ सय ग्राम सुनसहित १५ किलो पहेँलो धातु र २ पेस्तोल छाडेर स्कर्पियो गाडिमा त्यसका मानिस भागेको काण्ड रहस्यमय बन्दै उनलाई सोही वृतबाट हटाईएको छ। काठमाडौँबाट कुनै अपराधि प्रहरीको अघिबाटै गाडीमा भाग्न सम्भव नरहेकोले काण्ड रहस्यमय बन्दै गएपछि त्यसबारे अनुसन्धान गर्न प्रहरीले छानविन समिति गठन गरेको थियो।
सोही घटनाको अप्रेसन दाहालले गरेका थिए।
सो काण्डमा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
मंगलबार काठमाडौंको कमलपोखरी चोकमा चेकजाँचका क्रममा बा ६च ५५१९ नम्बरको स्कर्पियो गाडी भागेको थियो। प्रहरीले पिछा गरेपछि कमलादीमा १५ केजी सुनजस्तै पहेंलो बस्तु र दुई थान पेस्तोल फालेर सो स्कर्पियो भागेको प्रहरीले पत्रकार सम्मेलनमा बताएको थियो।