शेयर बजारमा दोहोरो अंकको सुधार

  Sampatti News Online

November 6, 2023

काठमाडौं । गत साताको मंगलबारदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, सोमबार बढेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनमा ५२.४४ अ.क घटेको नेप्से, आज २१.३० अंकले बढेर एक हजार ८ सय ४७ दशमलब ५४ विन्दुमा बन्द भएको हो ।         

त्यस्तै, आज नेप्सेमा सुधार देखिए पनि कारोबार रकम भने बढ्न सकेको छैन । यसदिन ९३ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १९९ कम्पनीको शेयरमूल्य बढेको छ भने ३२ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६५.८० रुपैयाँ पुगेको छ । यस्तै आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य पनि ९.९३ प्रतिशतले बढेर प्रतिकित्ता ७५३ रुपैयाँ पुगेको छ ।   

आइतबार लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ४.२८ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल लिमिटेडको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ६ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।             

१३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित मिति:November 6, 2023