आजबाट नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा

Nepal Cover
१४ मंसिर २०८०, बिहीबार
image

काठमाडौं। नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्दैछन्।

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा जारी रहने छ।

एमालेका अनुसार झुलाघाट-चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याइनेछ। जसका लागि अध्यक्ष ओलीसहित पार्टीका शिर्ष नेताहरु बैतडीको झुलाघाट पुगिसकेका छन्।