कुमारी बैंकको बदमासी, जवर्रजस्ति ‘भिआरएस’ पेपरमा हस्ताक्षेर गर्न लगाएर जागिरबाट निकाल्यो

Nepal Cover
१६ श्रावण २०७७, शुक्रबार
image

काठमाडौँ। केही समय अगाडी देव विकाश बैंकलाई प्राप्ति गरेको कुमारी बैंक लिमिटेडले देव विकाश बैंकका कर्मचारीलाई भिआरएस (स्वैच्छिक सेवानिवृत्ति योजना)को नाममा निकालेको थियो। तर पछिल्लो समय बैंकले कर्मचारीलाई जबर्जस्ती तथा झुक्काएर भिआरएसमा हस्ताक्षेर गर्न लगाएको खुल्न आएको छ।

बैंकले अंग्रेजी लेखपड गर्न नसक्ने पिए (प्रशोनल असिस्टेन्ट)लाई अंग्रेजीबाट लेखिएको भिआरएसमा हस्ताक्षर गर्न लगाई जागिरबाट निकालेको छ। शाखाका एक पिए कर्मचारीले भने‘हामीलाई झक्काएर पेपरमा हस्ताक्षर गराईयो, पछि सोही पेपर स्वईच्छाले राजिनामा दिएको भन्ने थाहा पाएपछि अर्काे दिन म यसमा सहमत छैन भनेर अर्काे चिठि पेस गरेँ’ उनले भने ‘तर बैंकले स्वीकृत दिएन ।’ ‘आफु त सानो कर्मचारी न हो अंग्रेजी ‘ए’ पनि जानेका छैन’ उनले भने।