जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

Nepal Cover
२० मंसिर २०८०, बुधबार
image

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

यही मङ्सिर २५ गते सोमबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीको तीन महिने अभियानको समीक्षा सहित समसामयिक राजनीति लगायत विषयमा छलफल गर्न उक्त बैठक आह्वान गरिएको हो।