मेयर प्रत्याशी राजनबाबु द्वारा क्रिकेट टुर्नामेन्ट उदघाटन

Nepal Cover
२३ मंसिर २०८०, शनिबार
image

रौतहट २३ मंसीर। रौतहटको बौधिमाई नगरपालिकाका काँग्रेस पार्टीका मेयर प्रत्याशी राजनबाबु जायसवालले शुक्रवार वडा १ बौधा स्थित आयोजित नगर स्तरीय टी २० नक आउट क्रिकेट प्रतियोगिताको उदघाटन गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथी जैसवालले एक समारोह बिच प्रतियोगिताको रिबन काटेर तथा ब्याटिङ गरेर उदघाटन गरेका थिए।

उक्त अवसरमा वडा ३का अध्यक्ष धर्मेन्द्र पटेल, पूर्व वडा अध्यक्ष गुदर यादव, वडा सदस्यहरु मुदालाल पटेल, रामजी पटेल लगायतको उपस्थिति रहेको थियो। पहिलो दिनको खेलमा अजगैबि टीम विजयी भएको छ। १४ ओभरको खेलमा पहिलो ब्याटिङ गरेका सन्तपुर टिमले सम्पूर्ण विकेट गुमाएर १२८ रन बनाएका थिए। १२९ रनको विजयी लक्ष्य सहित मैदानमा उत्रिएका अजगैबी टिमले मात्र १० ओभर खेल्दै तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। शान्ति एकता युवा क्रिकेट टिम बौधा अजगैबिको आयोजनामा शुक्रवार देखि सुरु भएको नगरस्तरीय क्रिकेट प्रतियोगितामा बिभिन्न पालिकाको १६ टीम सहभागी हुने आयोजक समितिका सञ्जय यादवले जानकारी दिनुभयो।