दाईं गर्न राखिएको एक बिगाहाको धानको भारीमा आगजनी

  Sampatti News Online

December 10, 2023

रौतहट २४ मंसीर। रौतहटको पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिका २ सितलपुर स्थित दाईं गर्न खरीहानमा राखिएको एकबिगहा धानको भारीमा आगजनी गरिएको छ। दाईं गर्न तयारीमा राखिएको स्थानिय लक्षमी राय यादवको धानको भारीमा गएराति करिब ९ बजे अज्ञात समूहले आगजनी गरेका हुन्। आगलागी बाट धानको भारी पुर्ण रुपमा जलेर डेढ लाख भन्दा बढिको झण्डै ४० कुईन्टल धान जलेर नष्ट भएको पीडितले बताएको छ।
ईलाका प्रहरी कार्यालय लक्षमिनियाका प्रमुख इन्स्पेक्टर बिजय कार्कीले घटनाको पुष्टि गर्दै घटना बारे आवशयक अनुसन्धान भईरहेको जानकारी दिएका छन्।
नेकपा एमाले समर्थित यादवको धानको भारीमा राजनीतिक पूर्वाग्रहका कारण आगजनी भएको वडा २ का अध्यक्ष सञ्जय यादवले बताएका छन। राजनीतिक पूर्वाग्रहका कारण गतबर्ष वडा २ का सदस्य एमालेका भूपू सई रामानन्द यादवको डेढ बिगाहाको धानको भारीमा आगजनी भएको वडा अध्यक्ष यादवले जानकारी दिएका छन्। एकवर्ष बितिसक्दा पनि उक्त घटनाका अभियुक्त हालसम्म पक्राउ परेका छैनन्। वर्षभरिको किसानको मिहिनेत माथि राजनीतिक पूर्वाग्रह अथवा कुनै पनि कारणले प्रहार गर्ने अन्नबाली आगजनीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन स्थानीयहरूले माग गरेका छन्। सञ्जय मिश्रा

प्रकाशित मिति:December 10, 2023