नेपाल आइडलबाट बाहिरिएका सागरले के भने

Nepal Cover
६ मंसिर २०७५, बिहीबार
image

एपी वान टेलिभिजन बाट प्रसारण भैरहेको नेपाल आइडलमा सुक्रबार  भएको शीर्ष चार  मध्यबाट एकजना बाहिरिनु पर्ने थियो र त्यसमा उपाधिका दाबेदार मानिएका सागर आले कम भोट पाएको आधारमा  शीर्ष तिनभित्र अटाउन सकेनन । बुद्ध लामानिसान भट्टराई र प्रताप दास शीर्ष तिनभित्र रहदै कतारको दोहामा आयोजना गरिने  ग्रयाण्ड फिनालेको लागि छनोट भएका छन्  

सागर आले बाहिरिए संगै उनले आफ्ना साथीहरुलाइ सफलताको लागि बधाई दिदै  देश भित्र र देश बाहिरबाट आफुले  धेरै माया पाएको र आफ्ना लागी धेरै दुख पाउनुभएका आफ्ना  प्रशंसकहरुलाई धन्यबाद दिदै आइडलमा मा प्रथम नै हुनुपर्छ भन्ने छैन भन्दै आफुले सबैको मन जितेर आफु प्रथम भैसकेको बताए । आफु नेपाल आइडलको नियम अनुसार कम भोट पाउदै बाहिरिएको हुनाले उनले आफ्ना प्रशंसकहरुलाई नेपाल आइडलको बारेमा केहि नराम्रो टिक्का-टिप्पणी नगर्न पनि बिनम्र अनुरोध गरेका छन् । उनै सागर शिर्ष  शीर्ष चारबाट बाहिरिए पछि उनले  आइडलमञ्चमा अन्तिम पटक दिएका अभिव्यक्तिहरुको  सम्पादित अंश यस प्रकार रहेको छ 

  • शीर्ष चारसम्म पुग्नु नै ठूलो कुरो हो। पहिलो अडिसनमा आउँदा ममा निकै नर्भशनेस थियो। जज, दर्शक, परिवार, सहकर्मीहरुको मायाँले यहाँसम्म पुग्नु नै मेरो सफलता हो।
  • आफूलाई संगीत सिकाउँनेहरु सम्पुर्णलाई धन्यवाद दिन चाहान्छु। म आइडलमा आउँदा बच्चै जस्तो थिए। तर आइडलमा आएपछि मेरो परिचय फराकिलो बनेको छ।
  • फस्ट नै हुनुपर्छ जस्तो लाग्दैन मलाई। सम्बन्ध सवैभन्दा ठूलो कुरो हो। मलाई धेरैजनाले चिन्नु भा छ, मेरो लागि धेरै जनाले दुख पाउनु भएको छ।
  • सुरुमा त मेरो बाबा ममीले धेरै दुख पाउनुभएको छ। बुवाले जसलाई भेट्दा पनि नमस्ते मेरो छोरालाई भोट गरिदिनु है भन्दै हिड्नुहुदो रहेछ। बुवाले त्यस्तो गरेको देख्दा उहाँप्रति निकै मायाँ लाग्थ्यो। अर्कातिर उहाँहरुलाई सागरको बुवामुवा भनेर चिनाउन सक्दा धेरै खुशी लाग्छ।
  • देशभित्रबाट मात्रै हैन्, देशबाहिर पनि धेरै ठाँउहरुबाट सबैजनाले मलाई मायाँ गरिदिनु भएकाे छ। मलाई यहाँसम्म मायाँ गर्ने सम्पुर्णलाई धन्यवाद दिदै, प्रताप आइ लभ यू अनि निसान र  बुद्ध।