मौलापुर नगरद्वारा विद्युतलाई २करोडबढीको चेक प्रदान

Nepal Cover
५ पुष २०८०, बिहीबार
image

रौतहट ४ पुस। रौतहटको मौलापुर नगरपालिकाले नेपाल विद्युत प्राधिकरण मौलापुर शाखालाई नगरको विद्युत महशुल बापत बुधवार झण्डै २ करोड ६७ लाखको चेक हसतान्तरण गरेको छ ।
मेयर रिना कुमारी साहले नगरवासीहरुको विद्युतमहसुल भुक्तानीको लागि कुल २ करोड ६६ लाख ८४ हजार ९१० रुपैयाको चेक प्राधिकरण प्रमुख रामदिनेश यादव लाई हस्तान्तरण गरेकि हुन्।
मौलापुर नगरक्षेत्र अन्तर्गत गत बैशाख देखि गत कार्तिक मसान्तसम्म खर्चभएको सम्पूर्ण विद्युत महसुल वापतको उक्त चेक मेयर साहले हस्तान्तण गरेको प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले बताएका छन्।
२०७८ साल श्रावण महिना देखि नगर क्षेत्र भित्रका घरायसी प्रयोजनका ग्राहकहरुको सम्पूर्ण विद्युत महसुल मौलापुर नगरपालिकाले तिर्ने निर्णय अनुसार उक्त भुक्तानी गरिएको अधिकृत साहले जानकारी दिएका छन्।
मेयर रिना कुमारी साहको पहलमा मौलापुर नगरक्षेत्रभरी घरायसी विद्युत खपतका साथै कृषि प्रयोजनमा खपत हुने विद्युत महसुल नगरपालिकाले तिर्दै आएको छ।
त्यसैगरी मेयर साहको पहलमा नगरपालिकामा निःशुल्क मालपोत, किसानलाई बिभिन्न किसिमका निःशुल्क बीउबिजन, लगायतको सुबिधा उपलब्ध गराइँदै आएको छ।