संसदीय समितिको अध्यक्षद्वारा बालसुधार गृहको अनुगमन

  Sampatti News Online

December 21, 2023

रौतहट ५ पुस। प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको अध्यक्ष किरण कुमार साह नेतृत्वको टोलीले साेमबार पोखराको सराङ्कोटमा सञ्चालित बालसुधार गृहको स्थलगत निरीक्षण गरेको छ। टोलीले बालसुधार गृहको निरीक्षण गर्दै सुधार गर्नुपर्ने विषयमा सुझाव दिएको छ । निरीक्षणका क्रममा सुधार गृहमा प्रदान गरिने खानाको गुणस्तर नदेखिएको, सुत्ने व्यवस्था राम्रो नभएको, पानीको चरम समस्या पाइएको सभापति शाहले बताए। सुधार गृहमा रहेका ९३ जनामध्ये धेरैमा शरीर चिलाउनेजस्ता समस्या रहेको पाइएको उनले जानकारी दिए ।
त्यसअघि टोलीले जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग बैठक बसी विभिन्न विषयमा छलफल गर्नुका साथै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङसँग पनि छलफल गरिएको थियो । समितिले पोखरा महानगरपालिका–१७ स्थित मानवसेवा आश्रममा पनि स्थलगत निरीक्षण गरी जानकारी लिएकाे छ ।
टोलीमा सभापति शाहसहित समितिका सदस्य आशा विक, जावेदा खातुन, विना देवी, समितिका सचिव इन्द्रविलास पौडेललगायत सहभागी छन् ।

प्रकाशित मिति:December 21, 2023