रौतहट ५ पुस। रौतहटको चन्द्रनिगाहपुर स्थित चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा २०२ जना मानिसले रक्तदान गरेका छन्।
संघिय सांसद देब प्रसाद तिमल्सिनाले कार्यक्रमको उदघाटन गर्दै सहकारी संस्थाले बचत र ऋणको कारोबार मात्र हैन सामाजिक कार्यमा समेत योगदान पुर्याउदै आएको बताएका थिए।
रगतको अभाबमा कसैको पनि अकालमा ज्यान गुमाउनु नपरोस भन्ने पबित्र उदेश्यले साकोसले रक्तदान कार्यक्रम गरेकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख इन्स्पेक्टर शुसिल आचार्य सुरक्षाकर्मीहरु सहित बुधबार २०२ जनाले रक्तदान गरेको चन्द्रपुर अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरीले बताएका छन्।
प्रादेशिक रक्त संचार केन्द्र भरतपुर चितवनको प्राबिधिक सहयोग र स्थानीय प्राबिधिक सहयोग चन्द्रपुर अस्पताल प्रालिले गरेको संस्थाका अध्यक्ष वसन्त आचार्यले बताएका छन्।
