आरती साहका पति मोतिबावु पुनः पक्राउ

  Sampatti News Online

December 25, 2023

काठमाडौँ । आरती साहको मृत्य प्रकरणमा उनका श्रीमान मोतिबावुलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतले मृतक आरती साहका पतिलाई पक्राउ गरेर पुनः थुनामा पठाउन आदेश दिएपछि सोमबार बिहान जनकपुरधामको सगुन होटेलबाट मोतीबाबुलाई पक्राउ गरेको धनुषाका एसपी मित्रबन्धु शर्माले सम्पत्ति न्यूजलाई बताए ।

उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन गत मंसिर २० मा सर्वोच्चले आदेश दिएको थियो ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा आरती मृत अवस्थामा फेला परेकी थिइन् । आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो ।

पीडितको जाहेरीका आधारमा प्रहरीले त्यतिवेला  मोतीबावु र ससुरा मदनमोहन सुडीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । जिल्ला अदालतको आदेशले थुनामा गएका उनीहरु उच्च अदालत जनकपुरको आदेशले छुटेका थिए ।आरतीका बुवा, आमा काठमाडौँमा निरन्तर अनसनमा छन् । 

प्रकाशित मिति:December 25, 2023