भ्रष्टाचार अभियोगमा प्रहरी जवान सहित ३ जनाविरुद्ध मुद्दा

  Sampatti News Online

January 1, 2024

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा प्रहरी जवान सहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले भ्रष्टाचार अभियोगमा प्रहरी जवान संजिव धवल , अर्जुन प्रसाद शर्मा र इन्द्र लाल श्रेष्‍ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रहरी जवान संजिव धवलले अवैध मोबाइलसहित गाडी लिई आउने व्यक्तिको बैंक खाताबाट आफ्नो खातामा ५५ हजार रुपैया रकमान्तर गर्न लगाएका हुन ।

चितवन, भरतपुर महानगरपालिका, वडा नम्बर ८ र २१ स्थायी अर्जुन प्रसाद शर्मा र इन्द्रलाल श्रेष्‍ठले व्यक्तिगत लाभ प्राप्‍त गर्ने उद्देश्यले राष्‍ट्रसेवक प्रहरी कर्मचारीलाई प्रभावमा पारी अवैध मोबाइलसहितको गाडी छुटाउन र आफूहरु कानूनी कारवाही समेतबाट बच्नको लागि गैरकानूनी रुपमा नगद १ लाख ७५ हजार रुपैयाँ प्रहरी जवान संजिव धवललाई गैरकानूनी रुपमा घुस/रिसवत दिएकोले  बिशेष अदालत काठमाडौंमा अख्तियारले निजहरुउपर भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजाय हुन मागदाबी लिई  आरोपपत्र दायर गरेको छ ।

प्रकाशित मिति:January 1, 2024