मञ्जुश्री फाईनान्सको सीईओमा तिमिल्सिना नियुक्त

  Sampatti News Online

January 2, 2024

काठमाडौं । मञ्जुश्री फाईनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तेजराज तिमिल्सिनालाई नियुक्त भएका छन् ।

कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

तत्कालिन सिईओ नारायण सुबेदीले राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि तिमिल्सिनालाई उक्त पदमा नियुक्त गरिएको नेप्सेमार्फत कम्पनीले जानकारी दिएकोृ छ ।

प्रकाशित मिति:January 2, 2024