प्रहरीद्वारा ८ लाख बढीको मोबाईल, अबैध सुर्ती र काठ बरामद

  Sampatti News

January 3, 2024

रौतहट १८ पुस। रौतहट स्थित प्रहरीले ८ लाख रुपैयाँ भन्दा बढीको मोबाईल, सुर्ती र अबैध सालको गोलिया काठ बरामद गरेको छ। जिल्लाको छुटाछुटै स्थान बाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बरामद गरेको हो।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले तल्लोबजार स्थित चपुर गौर सडक खण्डमा चेकजाच गर्ने क्रममा गौरबाट चन्द्रनिगाहपुरतर्फ आएको बसको डिक्कीमा ३ ओटा बोरा भित्र रहेको कार्टुनमा विभिन्न कम्पनीहरुको मोबाईलहरु फेला परेको थियो। बरामद ३८७ थान मोबाईल कुल आठ लाख अठार हजार नौ सय छ रुपैया मूल्यांकन सहित आवश्यक कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा दाखिला गरिएको एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन। त्यस्तै
प्रहरी चौकी औरैया र प्रहरी चौकी मठिया महुलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले ईशनाथ नगरपालिका ३ र ४ स्थित चेकजाँच गर्ने क्रममा मधेश प्र.०३-०२४प.३०३३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल १ थान र सुर्ती २०८ किलो बरामद गरेको छ। दुई लाख चार हजार मूल्यांकन सहीत मोटरसाईकल र सुर्ती आवश्यक कारवाहिको लागि गौर भन्सार कार्यालयमा बुझाइएको एस्पी श्रेष्ठले बताएका छन। उता बृन्दावन नगरपालिका ८ बरगजवा टोल स्थित बाटोको छेउमा परालमुनि लुकाई छिपाई राखेको अवस्थामा पाँच थान गोलिया काठ मंगलवार साँझ प्रहरीले बरामद गरेको छ।
४० क्युबिफिट एक लाख बिस हजार बराबरको सालको काठ आवश्यक कारवाहिको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सञ्जय मिश्रा

प्रकाशित मिति:January 3, 2024