अदालतबाटै हत्कडीसहित थुनुवा फरार

  Sampatti News Online

January 3, 2024

काठमाडौँ । काठमाडौँ  जिल्ला अदालतबाटै एक थुनुवा हत्कडीसहित फरार भएका छन्। आज  म्याद थपका लागि अदालत लगिएकामा उनी त्यहाँबाट फरार भएका हुन्।

ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् । उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भूले पक्राउ गरेको थियो। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:January 3, 2024