अख्तियारद्वारा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता

  Sampatti News Online

January 4, 2024

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन दिएको छ ।

विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगलाई चित्त नबुझी आज सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

घटी राजश्व निर्धारण गरी भ्रष्टाचार गरेको आरोपमा सुरेन्द्र खड्का, जीवन आचार्य, भीमबहादुर कुँवर, हिमालयजीवी उपाध्याय र काशीराम शर्माविरुद्धको मुद्दा आयोगले सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिवादीहरूले १७ लाख ४० हजार ६६ रुपैयाँ राजश्व चुहावट गरेको दाबी गर्दै आयोगले त्यसको दोब्बर जरिवानाको मागदाबी गर्दै विशेषमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति:January 4, 2024