घुस रकमसहित पक्राउ परेका सईविरुद्ध भ्रष्टाचार मुद्दा

Nepal Cover
१९ पुष २०८०, बिहीबार
image

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार अख्तियारले काठमाडौँस्थित विशेष अदालतमा सई पवन साउदविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत रहँदा साउदले लागु औषधको मुद्दामा सहजीकरण गरिदिने भन्दै ३० हजार रुपैयाँ घुस लिएका थिए। उक्त घुससहित अख्तियारले मंसिर १२ गते उनलाई पक्राउ गरेको थियो। 

अनुसन्धानको क्रममा उनले घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले ३० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको हो।