जनताबाट उठेको करलाई सबैले सदुपयोग गरौं :आयुक्त डा. अमात्य
अख्तियार प्रदेश स्तरीय प्रशिक्षणमुलक कार्यक्रममा सकृय
अख्तियार प्रदेश स्तरीय प्रशिक्षणमुलक कार्यक्रममा सकृय
January 4, 2024
बिराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सुमित्रा अमात्यको अध्यक्षता, कोशी प्रदेशका माननीय मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कोशी प्रदेशको विराटनगर स्थित महानरपालिकाको सभाहलमा प्रभाबकारी ढंगले कार्यक्रम प्रशिक्षणमुलक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सम्बोधन गर्नुहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय डा. अमात्यले जनताबाट उठेको करलाई सबैले सदुपयोग गर्दै कानुनबमोजिम प्रदत्त जिम्मेवारी सबैले पूर्ण रुपमा परिपालन गर्दै सबैको सामूहिक प्रयासबाट भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका माननीय मन्त्री कमल प्रसाद जगबु, कोशी प्रदेशका विभिन्न राजनीतिक दलका संसदीय दलका नेता, विराटनगर महानगरपालिकाका प्रदेश निमित्त प्रमुख सचिव, प्रदेश मन्त्रालयका सचिवरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, संघीय, प्रादेशिक कार्यालयका कार्यालय प्रमुखहरु, मोरङ्ग जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलगायत २ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयका उपसचिव निरज कुमार देवले सञ्चालन गर्नुभएको थियो । सहभागिहरुलाई स्वागत कार्यक्रमबारे प्रकाश पार्दै कार्यालयको कार्यपत्र प्रस्तुती अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका कार्यालय प्रमुख सहसचिव सुरेश न्यौपानेले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सहभागिता जनाउनुभएका जनप्रतिनिधि, कर्मचारीलगायतले अन्तरक्रिया कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउनु भएको देखिन्थ्यो ।कार्यक्रममा सहभागीले जमेर छलफलमा भाग लिदै विभिन्न जिज्ञासा तथा सुझाव राख्नुभएको थियो । कोशी प्रदेशका निमित्त प्रमुख सचिव इश्वर कुमार गिरीले सुशासन प्रवद्र्धन एवं भ्रष्टाचार नियन्त्रणका लागि कर्मचारीले प्रचलित कानूनको परिधिभित्र रहेर कार्यसम्पादन गर्नुपर्ने विषयलाई जोड दिनुभयो । अख्तियर पछिल्ला दिनमा आफनो सुशासनको अभियानलाई देशैभर प्रशिक्षणमुलक कार्यक्रम मार्फत पुर्याउने योजनामा लागीपरेको सचिब रामेश्वर दङ्गालले सम्पत्ति न्युज सगको भेटमा बताउनुभयो ।
प्रकाशित मिति:January 4, 2024
November 24, 2024