सिडिओको आदेस बेगर सर्लाहीको बरहथवामा प्रहरीले गोलि चलायो

  Sampatti News Online

January 5, 2024

सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर एक जना युवकले ज्यान गुमाएका छन् । नगर अस्पताललाई स्तरोन्नति गरेर प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद भएपछि झडप हुँदा प्रहरीले बल प्रयोग गर्दा जयशंकार शाहको मृत्यु भएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको बताएका छन् । तर प्रहरीले चलाएको गोलीद्वारा एकजनाले ज्यान गुमाएका छ्न।
सन्चारकर्मी सँग कुरा गर्दै प्रजिअ धमलाले भने,‘मैले गोली चलाउन अनुमति दिएको छैन ।’

तर, प्रहरीले आफूले बोकेको हतियार आन्दोलनकारीले खोस्न खोजेपछि गोली चलाउनुपरेको दाबी गरेको छ । आन्दोलनकारीले हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको सर्लाहीका एसपी प्रवीण धितालले सम्पत्ति न्युजलाई बताए ।

शुक्रबार कांग्रेस, जसपा, लोपसा र जनमत पार्टीका समर्थकले प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले ५० शय्याको अस्पताल बनाएर प्रदेशलाई हस्तान्तरण गर्न माग गरेका छन् । तर, नगरपालिकाका पदाधिकारीले हाल सञ्चालित १५ शय्याको नगर अस्पताल नगरपालिकाले नै चलाउने र प्रदेश स्तरको अर्को अस्पताल खोल्नुपर्ने अडान राख्दै आएका छन् ।नगरपालिका कै अडान लाई आम नागरिकले साथ दिएको भएपनि अनावश्यक राजनीति हाबी भएको त्यहाँको वास्तविक घटना नजिक बाट नियाल्नेहरुको विश्लेषण छ।तर यस्तो दोधार सहितको चेपुवामा परेर प्रमुख प्रशासकीय अधिकृत लगायतका कसरी काम गरेर नतिजा निकाल्ने राष्ट्र सेवा कर्मचारी नै भयभीत देखिन्छन् ।आफै असुरक्षित भएर नागरिकको सेवामा समर्पित हुन कठिन हुने एक प्रशासकीय अधिकृतले सम्पत्ति न्युज लाई बताए ।
पछिल्लोपटक बारा जिल्लामा पनि प्रजिअले समस्या समाधान गर्न खोज्दाखोज्दै जवर्जस्तीपन राजनीतिले प्रजिअको आदेस बेगर नै गोलि चलाइएको थियो। त्यस्तै अवस्था सर्लाहीको बरहथवाले पनि सामना गर्नुपर्यो भने एकजनाले ज्यान गुमाउने अवस्था श्रीजना गराइयो ।

प्रकाशित मिति:January 5, 2024