गाँजाको केक बनाएर अनलाइन डेलिभरी गर्ने पक्राउ

  Sampatti News Online

January 7, 2024

काठमाडौँ । काठमाडौंमा लागू औषध गाँजा मिसाएर केकको व्यापार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौँको घट्टेकुलोबाट विशन मानन्धर नाम गरेका व्यक्तिलाई पक्राउ गरेको हो ।
विशन मानन्धर ती युवकले इन्स्ट्राग्राममार्फत समेत अकाउन्ट बनाउँदै लागूऔषध प्रयोग गरी मुफिन लगायतको केक बनाउँदै बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ । यसबारे सूचना प्राप्त भएपछि ब्युरोको टोलीले मानन्धरलाई निजकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनको घर–कोठाबाट विभिन्न लागू औषध समेत बरामद गरेको छ।
पक्राउ गरिएका विशन मानन्धरले आफ्नै घरमा विगत १ बर्ष देखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरु बनाई अनलाइन डेलिभरी गर्ने गरेका थिए।
उनीमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:January 7, 2024