देउवासँग शेखर र गगन को कुरा नमिलेपछि बोलाए आफू पक्षीय नेताको बैठक

  Sampatti News Online

January 7, 2024

काठमाडौं । राष्ट्रिय सभाका उम्मेदवारका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा ले आफू पक्षीय समूहको बैठक बोलाएको छ ।
कांग्रेस स्रोतका अनुसार गठबन्धनको विहानको बैठक पछि नेता कोइराला र महामन्त्री थापा सभापति देउवासँग छलफल गर्न धुम्बाराही गएका थिए । उक्त बैठकमा संख्या, मापदण्ड, योगदान लगायतका विषयमा छलफल भएको थियो । ‘पार्टीले मापदण्ड लागु गर्ने निर्णय गरेको छ । सभापति देउवा मापदण्ड लागु गर्ने सोंच देखिएन,’ एक नेताले भने,‘आफू अनुकूलका व्यक्तिहरुलाई ल्याउन मापदण्डको ख्याल गरेको देखिएन ।’

प्रकाशित मिति:January 7, 2024