एमालेका उम्मेदवार राजपुतको नाम मतदाता नामावलीमा नभेटिएपछि, मनोनयन दर्ता नगरी फर्किए

Nepal Cover
२३ पुष २०८०, सोमबार
image

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुगेका अर्जुन सिंह राजपुतको मतदाता नामावलीमा नाम नभेटिएपछि फर्किएका छन् ।

मधेश प्रदेशमा अन्य समूहबाट उनी उम्मेदवारी दिन आएका थिए । एमालेले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

मधेश प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटमा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।