राष्ट्रियसभा चुनाव: गण्डकीमा एमाले उम्मेदवारले दर्ता गरे मनोनयन

  Sampatti News Online

January 8, 2024


पोखरा । राष्ट्रियसभाको निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेकपा एमालेका उम्मेवारले मनोनयन दर्ता गरेका छन् । सोमवार पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला क्लष्टरतर्फ गोरखाकी सम्झना देवकोटा, अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचनले मनोनयन दिएका हुन् ।आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति:January 8, 2024