सुदूरपश्चिममा सत्तापक्षबाट ३ र एमालेबाट ३ जनाको उम्मेदवारी

Nepal Cover
२३ पुष २०८०, सोमबार
image


सत्तापक्ष र प्रतिपक्ष दलका ६ जना उम्मेदवारले राष्ट्रिय सभाका लागि सुदूरपश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार दिउँसो राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालयमा सत्तापक्ष र प्रतिपक्षका ६ वटै उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।
माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयमा सत्तागठबन्धका तर्फबाट नेपालीका कांग्रेसका बलदेव बोहरा र नारायाण भट्टले उम्मेदवारी दर्ता गराएका हुन्।
कञ्चनपुरका पूर्व जिल्ला विकास समितिका सभापति बोहराले अन्यमा र अल्पसङ्ख्यकरअपाङ्गमा कैलाली जिल्ला सभापति भट्टले मनोनयन दर्ता गराएका छन्। महिलातर्फमा नेकपा माओवादीकी चन्दले पनि उम्मेदवारी दर्ता गराएकी हुन्।यस्तै, राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन्।निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकी सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरकी ईश्वरीप्रसाद खरेल र अपांगतारअल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशी उम्मेदवार दिएका हुन्।
एमालेका महिलाबाट इन्दु कडरिया, अपाङ्गता तथा अल्पसङ्ख्यक महेशकुमार महरा र अन्य कोटाबाट निर्वाचित सोही पार्टीका हरिराम चौधरी को पदावधि आगामी फागुनमा सकिँदैछ।