January 8, 2024
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत आपूर्ति लिएको थप एक उद्योगको लाइन काटेको छ । प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टीलको विद्युत् लाइन सोमवार बिहान काटेको हो । उद्योगको नाममा मङ्सिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको छ । प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेको छ । यसमध्ये हिमाल स्टीलले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यस बापतको पहिलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको छ ।
प्रकाशित मिति:January 8, 2024
November 23, 2024