January 8, 2024
वीरगन्ज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालमा अब राजतन्त्र फर्कने सम्भव नभएको बताएका छन्। सोमबार बाराको परवानीपुर गाउँपालिका ५ बहुवरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, यो देश राजामहाराजाको देश होइन । जनताको देश हो ।अब राजा आउने कल्पना नगरे हुन्छ। राजतन्त्र वा राजा फर्केर आउने कुनै सम्भावना नरहेको उनले जिकिर गरे। उनले देशमा भ्रष्टाचारविरुद्ध नेकपा एकीकृत समाजवादी र नेकपा माओेवादी एकसाथ मिलेर अगाडि बढेको बताए । उनले भने, देशलाई समृद्धिको बाटोमा लैजान एकीकृत समाजवादी र माओवादीको विकल्प नै छैन।उनले देशमा भ्रष्टाचारविरुद्ध नेकपा एकीकृत समाजवादी र नेकपा माओेवादी एकसाथ मिलेर अगाडि बढेको बताए । उनले भने, देशलाई समृद्धिको बाटोमा लैजान एकीकृत समाजवादी र माओवादीको विकल्प नै छैन।
प्रकाशित मिति:January 8, 2024
November 23, 2024