माल्टा पठाइदिन्छु भन्दै ठगी, मेनपावर सञ्चालकसहित दुईजना पक्राउ

Nepal Cover
२४ पुष २०८०, मंगलवार
image


काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–८ घर भई हाल काठमाडौँको टोखा बस्ने ४४ वर्षीय टंकप्रसाद सुवेदी रहेका छन् ।सुवेदीले तुलसी राम कँडेललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु, प्रतिष्ठित होटलमा काम लगाइदिन्छुभन्दै ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । फरार रहेका सुवेदीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुस २२ गते बसुन्धराबाट पक्राउ गर्न सफल भएको थियो ।त्यस्तै, माल्टा नै पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा झापाको बिर्तामोड नगरपालिका–४ घर भएका ३४ वर्षीय विक्रम दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ । हाल ललितपुर बस्दै आएका दाहालले विनिता तामाङलाई माल्टाको प्रतिष्ठित होटलमा जागिर लगाइदिन्छु भन्दै ८ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए ।