राप्रपाका अम्बरबहादुर विष्ट कोशीको सभामुख बन्ने

Nepal Cover
२४ पुष २०८०, मंगलवार
image


राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अम्बरबहादुर विष्ट कोशी प्रदेशका सभामुख बन्ने भएका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितको सत्ता गठबन्धनले समर्थन गर्ने भएपछि विष्ट सभामुख बन्ने भएका हुन्।
मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अपराह्न ३ बजे सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन्।
मंगलबार बिहान बसेको राप्रपा कोशी संसदीय दलको बैठकले सभामुख आफैंले लिने र विष्टलाई अघि सार्ने निर्णय गरेको थियो।विष्ट झापाका समानुपातिक सांसद हुन्। योसँगै राप्रपाको दुई वटा प्रदेशमा सभामुख हुने भएको छ।
बागमती प्रदेशमा भुवनकुमार पाठक राप्रपाका तर्फबाट सभामुख बनेका थिए।