४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ

Nepal Cover
२४ पुष २०८०, मंगलवार
image


काठमाडौं,२४ पुस । ४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनाहरूसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका–१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका–३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा बिश्रामपुर गाउँपालिका–५ का २० वर्षीय मनिष सरार्फ रहेका छन् ।
भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरि बिल९बिजक बिना चाँदीका गरगहनाहरु भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।