समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

  Sampatti News

August 4, 2020

काठमाडौँ। जाजरकोट कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको ६ घण्टामा मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो। बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो। सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए।

पुनको यस अघि दुईवटा छोरा भईसकेका छन्। शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उहाँको मृत्यु भएको श्रीमान् अमृत पुनले बताए। उनका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ।

प्रकाशित मिति:August 4, 2020