उदयपुरमा २० वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

Nepal Cover
२५ पुष २०८०, बुधबार
image


कटारी– उदयपुरमा २० वर्षीया किशोरीमाथि जबरजस्ती करणी बलात्कारको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुले किशोरीमाथि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगर रहेका छन्।
उनीहरूले ती किशोरीलाई ललाइ फकाइ सोही ठाउँस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। पीडित किशोरीका पक्षबाट उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।