राम बहादुर बमजनको आश्रमबाट ४ बेपत्ता, निवासबाट ३ करोड बढी रुपैयाँ र १४ मोवाइल बरामद

  Sampatti News Online

January 10, 2024


काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रामबहादुर बमजनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको जनाएको छ ।

उनीहरु विभिन्न मितिमा बम्जनको आश्रमबाट हराएको उजुरी प्राप्त भएको केन्द्रीय अनुसन्धान ब्युराका प्रवत्ता नवराज अधिकारीले जानकारी दिए ।

अनुयायी बेपत्ता पारेको आरोप लागेका बमजनलाई मँगलबार साँझ सिआइबीले बुढानिलकण्ठको हात्तिगौँडाबाट पक्राउ गरेको थियो ।

बेपत्ता भएकामध्य बाराका सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला रहेका छन ।

बमजनको निवासबाट ३ करोड ३४ लाख ७५ हजार ५ सय रुपैयाँ र ३० लाख ९२ हजार ६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको सिआइबीले जनाएको छ ।

त्यस्तै बमजनबाट प्रहरीले १४ थान मोबाइल, ५ थान आइप्याड र २० वटा पेन्ड्राइभ पनि बरामद गरेकोछ । बमजनले प्रयोग गर्ने २ वटा गाडी र ४ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ ।

बमजनमाथि थप अनुसन्धान भइरहेको सिआइबीले जानकारी दिएको छ ।

प्रकाशित मिति:January 10, 2024