पूर्वविद्यार्थी द्वारा हिमाली माविलाई सहयोग

Nepal Cover
२६ पुष २०८०, बिहीबार
image

रौतहट २६पुस। रौतहटको फतुवाबिजयपुर नगरपालिकाका एकजना पूर्व विद्यार्थीले आफ्नो स्वर्गीय बाजेको सम्झनामा हिमाली मावि लाई आर्थिक सहयोग गरेको छ।

वडा ११ हिमालिबासका पुर्ब बिधार्थि अनिल पौडेलले आफ्नो हजुरबुबा होमानाथ पौडेलको सम्झनामा हिमालि जनता माबि हिमालिबासलाई शिक्षण क्रियाकलापमा सहयोग पुगोस भन्दै ३० हजार रुपैयाँ सहयोग गरेको प्रधानाध्यापक बाबुराम आचार्यले बताएका छन्।

पूर्व विद्यार्थी पौडेल अहिले उच्च शिक्षा अध्ययनको लागि जापानमा रहेको प्रधानाध्यापक आचार्यले जानकारी दिएका छन्।