घट्यो सुनको मूल्य, चाँदीको स्थिर

  Sampatti News Online

January 11, 2024


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज स्थानीय बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
यो स्थानीय बजारमा लगातार चौथो दिन मूल्य घटेको हो । यससँगै, बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७५० रुपैयाँ कायम छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार बिहीबार चाँदीको कारोबार मूल्य १४ सय १० रुपैयाँ कायम छ ।

प्रकाशित मिति:January 11, 2024