थापाले राष्ट्रिय सभाको उम्मेदवारी फिर्ता लिए

Nepal Cover
२७ पुष २०८०, शुक्रबार
image

काठमाडौँ । राप्रपाका उम्मेदवार निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् । लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका राप्रपाका थापाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले अन्यबाट मनोनयन दर्ता गरेका थिए । उनले उम्मेदवारी फिर्ता लिएपछि अब लुम्बिनीबाट राष्ट्रिय सभा चुनावका लागि महिलामा ३ र अन्यमा ३ गरी ६ जना उम्मेदवार मैदानमा छन् ।