६० किलो गाँजासहित दुईजना पक्राउ

  Sampatti News Online

January 12, 2024

काठमाडौं । उदयपुरमा ६० किलाे गाँजासहित दुईजना पक्राउ परेका छन् । कटारी नगरपालिका–७, देउलीकुनाबाट ६० किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका–२ बस्ने ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोकबहादुर राई छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रीस्कु कटारीबाट खटिएको प्रहरीले तीनवटा बोरामा उक्त परिमाणको गाँजा बोकी लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ । 

प्रकाशित मिति:January 12, 2024