झापामा कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ७ घाइते

  Sampatti News Online

January 14, 2024

झापा । झापाको शिवसताक्षी नगरपालिका-१० सैनिक चोकमा शनिबार राति कार र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्व तर्फ आइरहेको बा १४ च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट गइरहेको मे १० प ७२१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल सवार दमक नगरपालिका ९ बस्ने २३ वर्षीय अनुप ढकालको उपचारका क्रममा शनिबार राति पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा मोरङको उर्लाबारी-१ का २१ वर्षीय प्रदीप बस्नेत, कार चालक बिर्तामोड नगरपालिका-३ का ५० वर्षीय अनिल कुमार साह, कारमा सवार बिर्तामोड ४ बस्ने ५३ वर्षीय जयप्रकाश साह, कारमा सवार बिर्तामोड-३ बस्ने ४४ वर्षीय रञ्जन साह, सोही स्थानका ५३ वर्षीय ललित साह र नाम वतन नखुलेका २ व्यक्ति घाइते भइ विभिन्न अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:January 14, 2024