बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

Nepal Cover
२९ पुष २०८०, आईतवार
image

काठमाडाैं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय २० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।