नेप्सेमा ३१.६२ अंकको वृद्धि, कारोबार रकममा पनि वृद्धि

  Sampatti News

January 14, 2024

काठमाडौं । दोस्रो त्रैमासको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार झिनो अंक घटेर बन्द भएको नेप्से, यस दिन साढे १ प्रतिशत बढेर बन्द भएको छ। आज नेप्से ३१.६२ अंकले बढेर दुई हजार २० दशमलव ६२ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये २११ कम्पनीको शेयरमूल्य बढेको छ भने ३३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ५ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले बढेको छ । त्यस्तै, आज १० कम्पनीको शेयरमूल्यमा ९ प्रतिशतको वृद्धि भएको छ भने ५ कम्पनीको शेयरमूल्यमा ८ प्रतिशतको वृद्धि भएको छ ।

त्यस्तै, मेगा म्युचरअल फण्ड–१ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.५३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्यारेन्स कम्पनी लिमिटेड प्रमोटर शेयरको भएको छ । आज यस कम्पनीको ३५ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.५८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक घटेको हो।

प्रकाशित मिति:January 14, 2024