करोडौंको अस्पताल भवन निर्माण गुणस्तरहीन भएको भन्दै रोक्का 

Nepal Cover
२९ पुष २०८०, आईतवार
image

रौतहट २९ पुस। रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्को १५ बेडको भवनको निर्माणमा गुणस्तरहीन काम भईरहेको भन्दै रोक्का लगाईएको छ। २०७७ पुस १ गरेका दिन तत्कालीन नगर प्रमुख सियाराम कुश्वाहाले सिलान्यास गरेका अस्पताल भवनको निर्माणमा ठेकदारले गुणस्तरहीन काम सुरुगरेको भन्दै रोक्का गरिएको हो ।

संघीय सरकारको १९ करोड ७५ लाख भयाट सहितको लगानीमा भवन निर्माणको लागि कटहरिया नगरपालिकाले आव्हान गरेको टेण्डर घटाघट प्रक्रिया मार्फत महालक्ष्मी धनन्जय,चौधरी जेविले ११ करोडमा साकार गरेको थियो । प्राथमिक स्वास्थ केन्द्र कटहरियाको हाता भित्र १५ सैंयाको भवन निर्माण अवधि २ बर्ष रहेको छ। ठेकदार चौधरी निर्माण सेवाका निर्देशक उपेन्द्र प्रसाद चौधरीले रोलरनै नाचलाई जगमुनी ढलान गर्न सुरु गरेपछि पूर्व मेयर कुशवाहाले सनिवार साँझ निर्माण काम रोक्का गरेका छन्।

झण्डै २० करोडको भवनको जग नै बलियो भएन भने लगानीको औचित्य नहुने भएकाले निर्माण रोक्का गरिएको कुशवाहाले जानकारी दिएका छन्।

निर्माण स्थलमा हुडिङ बोर्ड समेत न राखिएकाले स्टीमेट बारे ठेकदारले जानी जानी अन्यौल बनाएको पूर्व मेयर कुशवाहाको दाबी छ।

निर्माणको ठेक्का लिएका कम्पनीले स्टीमेट सहित आएपछि कटहरिया नगरपालिकाको ईन्जिनियरले निर्माण बारे स्पष्ट पारेपछि मात्र काम शुरू हुने पूर्व मेयर कुशवाहाले जिकीर गरेका छन्। करोडौंको भवन निर्माणमा ठेकदारले पुरानो कवाडी रड प्रयोग गरिरहेको पाइएको छ।

भवन निर्माण हुने स्थानमा ठूलो खाडल बनाएर तीनबर्ष सम्पर्क बिहीन रहेका ठेकदार उपेन्द्र चौधरी बल्लतल निर्माण काम सुरु गरेका छन्।

यसैबीच कटहरियाका बर्तमान मेयर अजयप्रकाश जैसवालले आफ्नो लामो प्रयास बाट अस्पताल भवनको निर्माण सुरु भएको बताएका छन्।

सुरुमा अस्पताल भवन निर्माणको लागि मन्त्रालय बाट टेण्डरको प्रक्रियाको थालनी भएको थियो। निर्माणको लागि रकम निकासा नहुँदा कुनै प्रक्रिया अगाडि बढेको थिएन। हाल आफू मन्त्रालयमा लगातार दौडेर रकम निकासा, टेण्डर स्वीकृत गराएपछि मात्र अस्पताल भवन निर्माणको काम सुरु भएको मेयर जैसवालले दाबी गरेका छन्। संजय मिश्रा