रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

Nepal Cover
३ माघ २०८०, बुधबार
image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ।

बैठकमा २५ वटै केन्द्रीय विभागले आ-आफ्ना रिपोर्ट पेस गर्ने कार्यसूची छ । पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्य प्रगति विवरण लगायतका विषयमा छलफल गर्न रास्वपाको बैठक बस्न लागेको हो।

महामन्त्री मुकुल ढकालका अनुसार बैठकमा मुलुकका २१ ठुला विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुने र सो पदयात्रामा जाने नेताहरूको कार्य विभाजन पनि गरिने छ।

रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरेको छ। सो विषयमा पनि आजको बैठकमा छलफल हुने नेताहरुले बताएका छन्।