मुख्यमन्त्री कार्कीद्वारा सम्पत्ति विवरण सार्वजनिक

  Sampatti News Online

January 18, 2024

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । दुई वर्षको अन्तरमा कार्कीले आफ्नो सम्पत्ति घटेको विवरण सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हिजो मुख्यमन्त्री कार्कीसहित उनको क्याविनेटका सदस्यहरुको सम्पति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार मुख्यमन्त्री कार्कीसँग विराटनगरका तीन ठाउँमा जग्गा छ । 

त्यस्तै, मोरङको बुढीगंगामा पनि घरबाहेक तीनवटा घडेरी रहेको उल्लेख गरिएको छ । १ करोड ८ लाख २ हजार ऋण देखाएका मुख्यमन्त्रीले ८ लाख ७० हजारमात्रै तिरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

मुख्यमन्त्री कार्कीका घर र सबै जग्गा श्रीमती शान्तादेवी बस्नेतको नाममा रहेको पाइएको छ । शान्तादेवीको नाममा बूढीगंगामा रहेको १ कट्ठा साढे १२ धुर जग्गामा घर रहेको र उक्त घरजग्गा पैत्रिक सम्पत्ति बेचबिखन तथा जागिरबाट आर्जन गरेको जनाइएको छ । सम्पत्ति विवरणमा उल्लेख भएअनसार कार्की पत्नीको नाममा विराटनगरका विभिन्न ४ ठाउँमा १ बिघा ६ कट्ठा सवा १० धुर जग्गा छ। त्यस्तै, विवाह, उपहार तथा खरिदबाट प्राप्त भएको २५ तोला सुन र ८० तोला चाँदी पनि विवरणमा राखिएको छ। 

मुख्यमन्त्री कार्की र परिवारका सदस्यको नाममा विभिन्न बैंकमा लगभग ८ लाख नगद रहेको विवरणमा उल्लेख छ । आफ्नो नाममा कृषि विकास बैंकमा २० हजार ८३ रूपैयाँ ९० पैसा, श्रीमती शान्तादेवीको सोही बैंकमा ८२ हजार ५७८ रूपैयाँ ४४ पैसा र एभरेष्ट बैंकमा ३ हजार ६ सय ६० रुपैयाँ रहेको मुख्यमन्त्रीले सार्वजनिक गरेका छन् ।

यसैगरी छोराहरु साकेत कार्कीको नाममा कृषि विकास बैंकमा ३ लाख ४८ हजार ५८४ र शाब्दिक कार्कीको नाममा ३ लाख ३९ हजार ८३६ रूपैयाँ ६९ पैसा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रकाशित मिति:January 18, 2024