नेप्सेमा आज सामान्य अंककाे गिरावट, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

  Sampatti News Online

January 18, 2024

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ७.२४ अंकले घटेर दुई हजार एक सय ५५ दशमलव ८२ विन्दुमा बन्द भएको हो ।  

आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब ८४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सोनापुर मिनिरल्सको ३० करोड र ङादी ग्रुप पावरको २३ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

बिहीबार रिडि हाइड्रोपावर, सिनर्जी पावर, महुली लघुवित्त र गणपति लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ। यता तेह्रथुम हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.४३ प्रतिशतले घटेको छ भने ग्लोबल आइएमई लघुवित्तको ७.३० प्रतिशत र थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य ७.१९ प्रतिशतले घटेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा व्यापार, हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको छ।

प्रकाशित मिति:January 18, 2024