एक युवाले गरे दुर्गा प्रसाईंमाथि हातपात

  Sampatti News Online

January 18, 2024

बागलुङ। मेडिकल व्यवसायी तथा नागरिक अभियन्ता दुर्गा प्रसाईंलाई एक युवाले हातपात गरेका छन्। बागलुङकाे लोकतान्त्रिक चोकमाआयोजित सभालाई सम्बोधन गर्न पुगेका प्रसाईंलाई  रामकान्त गौतमले हातपात गरेका हुन्।

हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका ७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले तत्काल नदेखेका कारण सार्वजनिक भएका भिडियोको अनुसन्धान भइरहेको र दुबै पक्षबाट बयान लिनसमेत बाँकी रहेको प्रहरीले बताए।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:January 18, 2024