बागलुङ। मेडिकल व्यवसायी तथा नागरिक अभियन्ता दुर्गा प्रसाईंलाई एक युवाले हातपात गरेका छन्। बागलुङकाे लोकतान्त्रिक चोकमाआयोजित सभालाई सम्बोधन गर्न पुगेका प्रसाईंलाई रामकान्त गौतमले हातपात गरेका हुन्।
हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका ७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले तत्काल नदेखेका कारण सार्वजनिक भएका भिडियोको अनुसन्धान भइरहेको र दुबै पक्षबाट बयान लिनसमेत बाँकी रहेको प्रहरीले बताए।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।