गठबन्धन सरकार निकम्मा भए : अध्यक्ष ओली

  Sampatti News

January 18, 2024

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएको टिप्पणी गरेका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन पनि ०८४ कुर्न नसक्ने अवस्था आएको बताए । उनले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भएपनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरुको संरक्षणमा लागेको आरोप लगाए । उनले अहिलेको सत्ता गठबन्धनका नेताहरु भ्रष्टाचारी कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताए । उनले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपा एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने बताए । उनले मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजमा अहिले अनुशासनको गम्भीर समस्या देखिएको बताएका छन् । बिहीबार पार्टी निकट खेलकुद महासंघको कार्यक्रममा उनले मान्छेहरु अनुशासित हुन मन नपराउने र स्वेच्छाचारी हुन सक्ने प्रवृत्ति देखिएको बताएका हुन् ।

उनले भने, ‘हाम्रो देश अहिले अलि अफ्ठ्यारो स्थितिमा छ । सबै क्षेत्रबाट हामीले देशलाई यस अफ्ठ्यारो स्थितिबाट जोगाउनुपर्नेछ । हामी मिसन ०८४ मा छौँ । मिसन ०८४ मा हामीले हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बढाउने भनेका छौँ । खेलकुद क्षेत्रमा पनि हामीले ५१ प्रतिशत भन्दा बढी खेलाडी हाम्रो पक्षमै पार्नेछौँ । हाम्रो पक्षमा उत्पादन गरेको हुनुपर्छ । हाम्रो पक्षमा बढाएको हुनुपर्छ । हामी खेल मात्रै खेल्दैनौँ । अरु पोल्टिकल काम अरु संगठनमा पनि आवद्ध छौँ । हामी वर्ग संघर्षमा छौं ।’

अध्यक्ष ओलीले वर्तमा सत्ता गठबन्धन नेताहरु घाँटीमात्रै नजोडिएको भन्दै शरीर पनि जोडिएको बताए । उनले भने, ‘यिनीहरुको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ । यिनीहरुको घाँटी मात्रै होइन सिंगो शरीर जोडिएको छ । यी एकै वंशका, एकै नश्लका हुन् । यी भ्रष्टाचारी, कमिसनतन्त्रीय वंशाका हुन् । यिनको गोत्र निकम्मा गोत्र हो । यिनको जात देशद्रोही हो । एकै खालका हुन् । त्यसकारण एकै ठाउँमा बस्छन् ।’

प्रकाशित मिति:January 18, 2024